४४ जनाको स्वाब सङकलन गरी परिक्षणका लागि हेटौँडा पठाइयो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

४४ जनाको स्वाब सङकलन गरी परिक्षणका लागि हेटौँडा पठाइयो

    मा प्रकाशित

कनिका खबर
साउन १८, सिन्धुली
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले ४४ जनाको स्वाब सङकलन गरी पिसिआर परिक्षण गर्न आज प्रादेशिक अस्पताल हेटाँैडा पठाएको छ । साउन १४ गते सिन्धुलीमा बैज्ञानिक वनको अनुगमन गर्न बैज्ञानीक वन अनुगमन छानविन समितका संयोजक तथा संघिय सांसद प्रदिप यादवको नेतृत्वमा आएको टोलीलाई सम्पर्क गरेका व्यक्तिसहितको स्वाब सङकल गरी परिक्षण गर्न पठाएको कार्यालयले जनाएको हो ।

डिभिजन वन कर्यालय सिन्धुलीका प्रमुख सहित वनका १५ जना, सिन्धुली अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मी, कमलामाई नगरपालिका प्रमुख सहित तीन जना, पत्रकार तीन जना, सिन्धुली अस्पतालमा आईसोलेसन कक्षमा भर्ना भई उपचार गरि रहेका कोरोना सङक्रमित व्यक्ति दुई जना र तीन जना अन्य गरी ४४ जनाको स्वाब सङकलन गरि परिक्षण गर्न पठाइएको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समितिका संयोजक प्रदिप यादबलाई कोभिड–१९ को सङक्रमण पुष्टि भएकोले टोलीको सम्पर्कमा रहेका वन कार्यालयका कर्मचारी, कमलामाई नगरपालिकाका प्रमुख र पत्रकार सहितका व्यक्तिको स्वाब सङकलन गरि पिसिआर परिक्षण गर्न पठाएको हो । सिन्धुली अस्पतालको आईसोलेसन कक्षमा कोरोना सङक्रमित कमलामाई नगरपालिका चारका ३८ वर्षका पुरुष र कमलामाई नगरपालिका–६ का ६६ वर्षका एक पुरुषलाई भर्ना गरी उपचार भइरहेको र उनीहरुको पनि स्वाब सङकलन गरि पठाएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

समितिका संयोजक सासंद यादवको नेतृत्वमा आएको टोलीले साउन १४ गते जिल्लाको दुधौली नगरपालिका तीनमा रहेको विकासपुर सामुदायिक वनको उपभोक्तासँग अन्तरक्रिया र वैज्ञानिक वन अन्र्तगत भएको रुख कटानको स्थलगत अनुगमन तथा घाटगद्दि स्थलको अनुगमन समेत गरेको थियो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले डिभिजन वन कार्यालय सिल गरि अनिश्चित समयका लागि सबै सेवा बन्द गरिएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्