आज नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्डबीच छलफल – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्डबीच छलफल

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ ।
पार्टीभित्रको जारी विवाद समाधान गर्ने बारेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुँदैछ । हिजो भएको छलफल निष्कर्षविहीन भए पनि सकारात्मक रूपमा अघि बढेका कारण आज बिहान फेरि छलफल हुन लागेको बालुवाटार स्रोतले जनाएको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको सरकारी निवासमा हुने छलफलमा भाग लिने भएका छन् ।
ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई हिजोको बैठकमा सहभागी गराउनुभएको थियो । यही साउन १३ गते ओलीले एकपक्षीय रूपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यसहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीचको संवादहिनता टुटेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्