काठमाडौँ । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै सपथ लिने भएकी छिन् ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८ः४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई सपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’ पोखरेलले बताए ।
“आमसहमतिको आधारमा सम्माननीय राष्ट्रपतिले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै हुनुहुन्छ र उहाँको शपथ आजै हुनेछ,” पोखरेलले भने।
“त्यसपछि बन्ने मन्त्रिपरिषद्को बैठकको परामर्शमा सम्माननीय राष्ट्रपतिले बाँकी काम अघि बढाउनुहुन्छ।”