मा प्रकाशित
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ ग्रहण गरेकी छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।