संसद् विघटनप्रति माओवादीको असहमति – Kanika Khabar
Saturday, September 13Nepali News Portal

संसद् विघटनप्रति माओवादीको असहमति

    मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ ।

पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक भर्चुअल बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।

बैठकपछि एक विज्ञप्ति जारी गर्दै संसद सवघटनप्रति असहमति जनाएको छ । ‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ ।’ जारी विज्ञपितमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्