करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु

    मा प्रकाशित

कनिका खवर
साउन १९, दाङ
करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु भएको छ । घोराही १ हर्नक निवासी ३७ बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीय बिरबहादुर रावतको आज विहान ६ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै सोहि घटनामा परि मृतकका बुवा घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । आफनै मकै बारीमा जंगली बँदेल मार्नको लागि राखीएको विद्युतिय तारमा परि उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । बारीमा जंगली बँदेल आएर मकै खाएर क्षति गर्न थालेपछि बंदेललाई मार्न उनीहरुले बारीमा करेन्ट जडान गरेको प्रहरीको भनाई छ । आज जनै पुर्णिमाको अवसर पारी बारीको मकै चढाउने भन्दै उनीहरु मकै लिन गएका थिए । सोहि समयमा घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्