फुल कन्ट्याक्ट करातेको अध्यक्षमा सूर्यबहादुर बुढाथोकी – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

फुल कन्ट्याक्ट करातेको अध्यक्षमा सूर्यबहादुर बुढाथोकी

    मा प्रकाशित

काठमाडौँ । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको साधारणसभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

कीर्तिपुरमा शनिबार सम्पन्न साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्षमा राजु तुलाधर, धनबहादुर तामाङ र नन्दाकुमार किराँती उपाध्यक्ष, महासचिवमा प्रेमनाथ श्रेष्ठ, सचिवमा राजीव खड्का र कोषाध्यक्षमा वीरकृष्ण महर्जन चुनिए ।

सदस्यमा अमिर ओड, कमला घर्ती, याङ्शु श्रेष्ठ, जगतबहादुर धामी, पवन मगर, हितबहादुर मोक्तान, अनिल श्रेष्ठ, सूर्यकुमार कार्की, वीरेन्द्र चन्द, विवेककुमार दाहाल, रामहरि खड्का, हर्कबहादुर तामाङ र सागर विष्ट सदस्यमा चयन भए ।

नवनिर्वाचित कार्यसमितिको शनिबार बसेको पहिलो बैठकले कल्पना आचार्य, रमेश तामाङ र मीनबहादुर शाहीलाई उपाध्यक्षमा मनोनित गरेको छ । गौतम शाह र शक्ति जमुना शाहलाई सदस्यमा मनोनयन गरिएको थियो ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, प्रमुख निर्वाचन अधिकृत एवम् खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेललगायतले प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्