बाढी पहिरोका कारण तनहुँमा एक सय ५६ परिवार विस्थापित – Kanika Khabar
Friday, March 29Nepali News Portal

बाढी पहिरोका कारण तनहुँमा एक सय ५६ परिवार विस्थापित

    मा प्रकाशित

कनिका खवर
साउन १९, दाङ
बाढी पहिरोका कारण तनहुँमा एक सय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको त्यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लाको बन्दिपुर गाउँपालिकामा १६, देवघाट गाउँपालिकामा १५, शुक्लागण्डकी नगरपालिकामा १३ भानु नगरपालिकाका १०, आँबुखैरेनी गाउँपालिमा सात, व्यास नगरपालिकामा ६ घरपरिवार विस्थापित भएका हुन् । म्याग्दे गाउँपालिकाका पनि ८० घरपरिवार विस्थापित भएका गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो घरमै बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको उन बताए । असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिराका कारण एक सय ५६ घरपरिवार विस्थापित भएका छन् भने सयौं घरमा क्षति पुगेको छ । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ । करिब ५० घर उच्च जोखिममा रहेको पनि जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्