एक सय ६५ गरिब तथा विपन्न परिवारका लागि शौचालय निर्माण – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

एक सय ६५ गरिब तथा विपन्न परिवारका लागि शौचालय निर्माण

    मा प्रकाशित

माधव बेल्वासे
साउन १९, कपिलवस्तु ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकाका एक सय ६५ गरिब तथा विपन्न घरपरिवारका लागि शौचालय निर्माण गरिएको छ । केन्द्रीय राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्र्तरगत वडा न ६ का विभिन्न गाउँहरुमा शौचालय निर्माण भएको हो ।
वडाको खडौचा गाउँमा ११ वटा, बदौरमा ४६ वटा , प्रेमनगरमा १२ वटा , छुटपाटीमा ३४ वटा , खजानीमा १७ वटा, डेहवामा ३१ वटा, बिक्षिहवामा १५ वटा घरपरिवारमा शौचालय निर्माण भएको हो । ५० लाखको लागतमा निर्माण भएका शौचालय प्रयोग गर्न सुरु गरिएको छ ।
शौचालय निर्माण गर्न नसकेका गरिब तथा बिपन्न परिवारहरुको पहिचान गरि शौचालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्