बरेङ गाउँपालिकामा समुदाय स्तरमा पिसिआर परीक्षणका लागि नमुना संकलन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बरेङ गाउँपालिकामा समुदाय स्तरमा पिसिआर परीक्षणका लागि नमुना संकलन

    मा प्रकाशित

कनिका खबर
साउन १९, बाग्लुङ ।
बागलुङको बरेङ गाउँपालिकामा समुदाय स्तरमा पिसिआर परिक्षणका लागी स्वाब नमुना संकलन गरिएको छ । पालिकाले जोखिमका आधारमा बैंक तथा बित्तिय संस्थाबाट एक एक जना, होटेल तथा किराना पसल व्यवसायी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, मजदुर तथा निर्माण व्यवसायी, सवारी चालक तथा बिभिन्न कार्यलयका कर्मचारी र भारत तथा तेस्रो मुलुकबाट आएर क्वारअन्टिनमा रहेका गरी ४९ जनाको पहिलो चरणमा प्रतिनिधि मुलक नमुना स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । यससँगै मास्कको अनिवार्य प्रयोग गर्ने तथा गर्न लगाउने, भिडभाड नियन्त्रण गर्ने, सवारी आवागमनमा अनुगमन तथा नियन्त्रण गर्ने र कोरोना संक्रमण रोकथाममा तथा नियन्त्रणमा समुदाय स्तरमा गठित विभिन्न उप समितिहरु प्रिचालन गर्ने जस्ता निर्णय कोरोना रोग रोकथाम उच्च स्तरिय समितिको बैठकले गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्