मेची अस्पताल भद्रपुरमा पर्सिबाट पीसीआर परीक्षण सुरु हुने – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

मेची अस्पताल भद्रपुरमा पर्सिबाट पीसीआर परीक्षण सुरु हुने

    मा प्रकाशित

कनिका खबर
साउन १९, झापा
झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्थापना भएको पीसीआर प्रयोगशालामा बुधबार अर्थात पर्सीबाट स्वाब परीक्षण सुरु हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले दिनु भएको जानकारी अनुसार काठमाण्डौं र विराटनगरबाट रिएजेन्ट प्राप्त हुनासाथ परीक्षण सुरु गरिने छ । डा. ठाकुरले भन्नु भयो ‘हामी रिएजेन्टको पर्खाइमा छौं, सम्भवत भोली सम्ममा माग गरिएको रिएजेन्ट प्राप्त हुनेछ र पर्सीबाट अस्पतालको दैनिक परीक्षण सुरु हुनेछ ।’ डा. ठाकुरका अनुसार भद्रपुरमा स्थापना भएको प्रयोगशालाले एक पटकमा कम्तिमा ९० वटा नमुनाको परीक्षण गर्नेछ । नमुना परीक्षणको लागि प्राविधिकहरुसंग अनलाईन तथा विभिन्न माध्यमबाट समेत कुराकानी भईरहेको र परीक्षणमा विश्वसनियता ल्याउन विज्ञहरुको सहयोग प्राप्त भईरहेको डा. ठाकुरको भनाई छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्