ट्रिनिडाड एन्ड टोबागो गएका सन्दीप १४ दिन क्वारेन्टिनमा । – Kanika Khabar
Sunday, April 27Nepali News Portal

ट्रिनिडाड एन्ड टोबागो गएका सन्दीप १४ दिन क्वारेन्टिनमा ।

    मा प्रकाशित

कनिका खवर
साउन १९, दाङ
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने लगाएत सीपीएल खेल्ने सम्पूर्ण खेलाडीहरुलाई आइतवारदेखि १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।
आगामी भदौ २ गतेदेखि शुरुहुने उक्त प्रतियोगिता अघि सबै खेलाडी अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम आयोजकले बनाएपछि त्यसै अनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । सथै यसबीचमा पीसीआर परीक्षण हुने र त्यसको नतिजा पश्चातमात्र सीपीएल खेल्न पाइने समेत उनले बताए ।
सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । टोबागो उड्नुअघि सन्दीपले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए । उनको सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताए ।
सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । यसअघि उनले सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सीपीएल खेलेका थिए । यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्