अन्तरिक्ष यात्रीको सकुशल अवतरण – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

अन्तरिक्ष यात्रीको सकुशल अवतरण

    मा प्रकाशित

कनिका खवर
साउन १९, दाङ
दुई अन्तरिक्ष यात्रीलाई लिएर आएको अमेरिकी अन्तरिक्ष यान आइतवार अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा सकुशल अवतरण गरेको छ ।
झण्डै दुई दशकपछि अमेरिकाले पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको हो । यसले अमेरिकाले अहिले पनि सुरक्षित रुपमा मानवलाई अन्तरिक्षमा पुर्‍याएर सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको सनदेश दिएको छ ।
सन् १९७५ मा अपोलो–सोयुज मिसन पश्चात् अमेरिकाले पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो । यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी थिए ।
सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले केही वर्षदेखि अमेरिकाले मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो भने अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रुसको सहायता लिन थालेको थियो ।
यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुपमा संचालन गरिएको थियो ।
स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्