अमेरिकामा रेम्डेसिभिरलाई कोभिड १९ को उपचारमा प्रयोग गर्न स्वीकृत – Kanika Khabar
Friday, April 26Nepali News Portal

अमेरिकामा रेम्डेसिभिरलाई कोभिड १९ को उपचारमा प्रयोग गर्न स्वीकृत

    मा प्रकाशित

 

कनिका संवाददाता
बैशाख २०, दाङ ।
अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोना भाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ । यसको अर्थ कोभिड १९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिनेछ । तर एफडीएको आपत्कालीन अनुमति भएकोले यो औपचारिक अनुमति भने होइन । औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक पर्छ ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोना भाइरसविरुद्ध अचूक औषधि नभएको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्