काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदन नमान्ने जिकिर गरेका छन् । अध्यक्ष ओलीले गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिँदै यस्तो आयोगले बनाएको प्रतिवेदन नमान्ने जिकिर गरेका हुन्
आज बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले ‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’, प्रश्न गर्दै ओलीले गजबको ड्रामा गरिएको बताए ।
‘यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन’, ओलीले बताए । अध्यक्ष ओलीले एमाले चिचिपट खेलेर नआएको बताउँदै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए ।
‘के के व्याख्या गर्नुभयो छाडिदिउँ । तर, नेपालको संविधानले प्रष्ट भन्छ, पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन, प्रधानमन्त्रीमा त कुरै छाडिदिउ,’ ओलीको भनाइ छ, ‘तर, उहाँ सुरिनुभयो । त्यो सुरिनका लागि उहाँ २३ गते जेनजी भनेर सडकमा उत्रनुभयो । २४ गते सडकमा उत्रनुभयो र के कामका लागि उत्रनुभयो ?’


