आजको मौसमी पूर्वानुमान – Kanika Khabar
Sunday, July 26Nepali News Portal

आजको मौसमी पूर्वानुमान

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
आंशिक बदली बाहेक अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना कम छ ।
दिउँसो सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा अन्य प्रदेशका एकाध स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ ।
राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरूमा भने भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार र बिहीबार दिउँसो भने एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्