प्रतिष्ठानका उपकुलपति लामिछानेद्वारा पदबाट राजीनामा – Kanika Khabar
Monday, November 17Nepali News Portal

प्रतिष्ठानका उपकुलपति लामिछानेद्वारा पदबाट राजीनामा

    मा प्रकाशित

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले पदबाट राजीनामा दिएका छन । उनले बुधबार दिउँसो प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन ।

घरायसी र स्वास्थ्यको कारण देखाउदै आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन ।

लामिछानेको आउँदो फागुनमा आफ्नो ४ वर्षे कार्यकाल सकिने थियो । तर, पनि कार्यकाल सकिनु भन्दा अघि नै उनले पदबाट राजीनामा दिएका हुन । लामिछानेले रजिस्ट्रार प्रा.श्याम लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएर आफूले पदबाट राजीनामा दिएका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्