यसै साता एसईई परीक्षाफल सार्वजनिक हुने – Kanika Khabar
Monday, December 8Nepali News Portal

यसै साता एसईई परीक्षाफल सार्वजनिक हुने

    मा प्रकाशित

कनिका खबर

साउन २०, काठमाडौं

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ । बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले सीआईएनलाई जानकारी दिनुभयो ।

परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भएबमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम सकेको छ, अब लब्धाङक पत्रलाई अन्तिम रुप दिने हो । विश्वभर कोरोनाको संक्रमण फैलिएपछि कोरोना रोकथाम तथा नियत्रण उच्चस्तरीय समन्वय समितिको बैठकले माध्यमिक शिक्षा अर्थात एसईईको परीक्षा अन्तिम समयमा आएर गत चैत ५ गते स्थगित गरेको थियो । अचानक परीक्षा स्थगित भएपछि देशभरिबाट परिक्षाका लागि तयारी अवस्थामा रहेका चार लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी अन्यौलमा थिए । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर यस वर्षको एसईईको परिक्षाफल सार्वजनिक गरिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्