दलहरूसँग छलफलमा जुट्यो निर्वाचन आयोग – Kanika Khabar
Monday, November 17Nepali News Portal

दलहरूसँग छलफलमा जुट्यो निर्वाचन आयोग

    मा प्रकाशित

काठमाडौँ । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ। छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ।

आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ।

निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्