कोरोनाले गोसाइकुण्डमा भएन यस वर्ष मेला – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

कोरोनाले गोसाइकुण्डमा भएन यस वर्ष मेला

    मा प्रकाशित

कनिका खबर
साउन २०, नुवाकोट
कोभिड–१९ का कारण प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा यसवर्षको जनैपुर्णिमा मेला प्रभावित भएको छ । मेलामा सर्वसाधारणको उपस्थिति रहेन । रसुवाको सदरमुकाम धुन्चेदेखि एक दिनको पैदल यात्रापछि पुगिने गोसाइकुण्डमा प्रत्येक वर्षको गंगा दशहरा र जनैपुर्णिको दिन विशेष मेला लाग्ने गर्छ । तर, यस वर्षको जनैपुर्णिमाका अवसरमा मेला शुन्य भएको रसुवा प्रशासनले जनाएको छ । जनैपुर्णिमामा १० दिनसम्म लाग्ने धार्मिक मेला यस वर्ष औपचारिक रुपमा आयोजना भएन् । मेलामा नेपाली सेनाका पुजारीले पुजाविधि गरेर समापन गरिएको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । गोसाइँकुण्डमा वर्षको दुई पटक गंगादशहरामा दश दिन र जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्