घाम नलाग्दा गाउँपालिको केन्द्र संचारबिहिन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घाम नलाग्दा गाउँपालिको केन्द्र संचारबिहिन

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
रोल्पाको माडी गाउँपालिकाको केन्द्र घर्तिगाउँमा बर्षा लागेसंगै संचार सम्पर्क बिहिन भएको छ । रोल्पाको एकमात्र इलाका स्तरीय कार्यालयहरु रहेको घर्तिगाउँ बजारमा नेपाल टेलिकमको टावरले घाम नलागेको बेला काम नगर्दा दैनिक काममा कठिनाइ आएको छ । माडी ५ पुलवाङमा रहेको नेपाल टेलिकमको टावर सोलार प्रणलीबाट मात्र संचालन भएकाले यस्तो समस्या भएको हो । घर्तिगाउँ बजारमा ल्यान्ड लाइन फोन,एडिएसएल नेट तथा मोवाइल सबै उक्त टावरबाट संचालन भएकाले पनि यस्तो समस्या आएको स्थानीयले गुनासो गरेका छन् । नजिकैमा नेपाल बिद्युत प्रधिकरणको लाइन भएपनि अहिलेसम्म नजोडेकोमा स्थानीयको आक्रोश रहेको छ । यस बिषयमा गाउँपलिकाले टेलिकमसंग बुझ्दा बजेट पास भैसकेको र अब लगतै काम शुरु हुने जानकारी गराएको माडी ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगरले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्