श्रीलंकामा कोरोना महामारीका बीच निर्वाचनको तयारी सुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

श्रीलंकामा कोरोना महामारीका बीच निर्वाचनको तयारी सुरु

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
श्रीलंकामा कोरोना महामारीका बीच निर्वाचनको तयारी सुरु गरिएको छ । २ सय २५ सदस्यीय संसदको निर्वाचनका लागि ७ हजार ४ सय ५० भन्दा बढीले उम्मेदवारी दिएका छन् । निर्वाचनमा करिब एक करोड ६२ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् । तर, ४ सयभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले उनीहरु भने मतदानमा सहभागि हुन नपाउने श्रीलंका सरकारले जनाएको छ । साथै जो सङ्क्रमितहरु अस्पताल वा कोभिड सेन्टरमा १४ दिनसभन्दा बढी क्वारेन्टाइनको समय पूरा गरिसकेका छन् उनीहरुका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । चुनाव आयोगका अध्यक्ष महिन्द्रा देशप्रियाले चुनाव प्रक्रियाका कारण कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि नहुने दावी गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्