दाङको सोनापुर मिनरलले विद्युत महसुलको पहिलो किस्ता तिरेपछि जोडियो काटिएको लाइन – Kanika Khabar
Monday, December 8Nepali News Portal

दाङको सोनापुर मिनरलले विद्युत महसुलको पहिलो किस्ता तिरेपछि जोडियो काटिएको लाइन

    मा प्रकाशित

दाङ । दाङको सोनापुर मिनरल एन्ड आयल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ताको रकम हिजो मंगलबार तिरेको छ।

सोनापुर मिनरलको विद्युत लाइन हिजो मंगलबार साँझ जडान गरिएको छ। सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरेर सोनापुर मिनरले ८६ लाख ३० हजार रुपियाँ पहिलो किस्ता बुझाएको हो ।
प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्