दुर्गा प्रसाईं समूहले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझायो (मागपत्रसहित) – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

दुर्गा प्रसाईं समूहले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझायो (मागपत्रसहित)

    मा प्रकाशित

काठमाडौँ। दुर्गा प्रसाईं नेतृत्वको समूहले गृह मन्त्रालयमा ३७ बुँदै मागपत्र बुझाएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको हो ।

आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका छन् ।
मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।

मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ ।

सरकारलाई माग पेस गरेपछि अभियान सदस्यले सरकारसमक्ष पेस गरेका माग पढेर सुनाएका छन् । ‘नेपाल नेपालीले नै बनाउने हो, नेपालमै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, हिन्दु राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गरिनुपर्ने’, सरकारसमक्ष पेस गरेका मागमा भनिएको छ, ‘प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्ने । ’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्