दाङ । स्थापनाको ८ वर्षपछि आबश्यक कर्मचारीको दरबन्दिको एकिन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओ एन्ड यम सर्वे सुरु भएको छ ।
साधारणतया संस्था स्थापनासंगै ओ एन्ड यम सर्वे गरिनुपर्नेमा अहिले त्यो काम पहिलोपटक सुरु भएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।ओ एन्ड यम सर्वेले समग्र संस्थाको सांगठानिक संरचना र आवश्यक जनशक्तिको दरवन्दी तय गर्नेछ ।
हाल शुरू गरिएको ओ एन्ड यम सर्वेमा हालको ३ सय शैया र यसै आ.व. देखि निर्माण शुरू हुने ४०० शैया गरी हालको र भविश्यमा आवश्यक जनशक्ति सम्बन्धी ओ एन्ड यम सर्वे गर्ने रजिस्ट्रार लम्सालले बताए । ओ एन्ड यम सर्वेमा शैक्षिक कार्यक्रमहरू सन्चालन गर्न बिभिन्न काउन्सिलहरू र चिकित्सा शिक्षा आयोगको मापदण्डलाई पनि आधार मानिने छ ।
`ओ एन्ड यम सर्वे गर्न ढिलो त भएकै हो, तर प्रतिष्ठानलाइ सुव्यवस्थित बनाउन अबका दिन द्रुत गतिमा कार्य अगाडी बढाइनेछ” रजिष्ट्रार प्रा. श्याम लम्सालले भने । ओ एन्ड यम सर्वे को नेतृत्व पूर्व सचिव गोपी मैनालीले गर्नेछ्न ।


