कोरोना सङ्क्रमण मुक्त भयो पाल्पा जिल्ला – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोना सङ्क्रमण मुक्त भयो पाल्पा जिल्ला

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
पाल्पा कोरोना सङ्क्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै सङ्क्रमित डिस्चार्ज भई घर फर्किएसँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ति नआएका कारण सक्रमण नथपिएको हुनसक्ने चिकित्सकहरू बताउँछन् । जिल्लामा ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५६१ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित मध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन् । जिल्लामा अहिले आसोलेशनमा एकजना पनि कोरोना सङ्क्रमित बिरामी नभएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएको वा नपैmलिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैक तथा वित्तिय संस्थामा बसेर समुदायसँग दिनहुँ सम्पर्कमा रहने व्यक्तिहरुको नमुना परीक्षण गरिएको छ । समुदाय स्तरका ११८ जनाको पीसीआर परिक्षण भएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ अर्थात्् कोरोना नभएको आएको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्