त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो – Kanika Khabar
Monday, December 8Nepali News Portal

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो

    मा प्रकाशित

काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८२/०८३ का लागि स्नातकोत्तर तह (मास्टर्स) प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ । विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले एक सूचना जारी गर्दै भर्ना तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचना अनुसार त्रिविका मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय तथा वन विज्ञान, कृषि र पशु विज्ञान, इन्जिनियरिङ्ग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना प्रक्रिया सुरु हुनेछ ।

विद्यार्थीहरूले २०८२ मंसीर ११ गतेदेखि पौष ११ गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन् । विश्वविद्यालयले २०८२ माघ महिनादेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्