अव कुनै पनि गुटमा नलाग्ने नेकपा उपाध्यक्ष गौतमको घोषणा – Kanika Khabar
Thursday, April 16Nepali News Portal

अव कुनै पनि गुटमा नलाग्ने नेकपा उपाध्यक्ष गौतमको घोषणा

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने प्रष्टीकरण दिएका छन् । आज विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा गौतमले आफू सानो, ठूलो कुनै पनि गुटमा नलाग्ने बताएका हुन् । गौतम निवासमा पुग्नुभएका अध्यक्ष प्रचण्डले सोधेको प्रश्नमा उनले कुनै गुटमा पनि नलाग्ने जवाफ दिएका हुन् । गौतमले आफू पार्टी एकताप्रति दृढ रहेको भन्दै कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेको पनि प्रचण्डलाइ जवाफ दिएका थिए । पार्टीमा समाधान खोज्न भन्दै साउन १३ गते गौतमले प्रधानमन्त्री ओलीको समर्थनमा देखिने जस्तो ६ बुँदे प्रस्ताव ल्याएपछि पार्टी भित्र गुटको बहस थप बढेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्