प्रियासनको १३औं उपन्यास ‘नयाँ लुगा’ विमोचन – Kanika Khabar
Friday, January 23Nepali News Portal

प्रियासनको १३औं उपन्यास ‘नयाँ लुगा’ विमोचन

    मा प्रकाशित

मङ्सिर १८ दाङ ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित उपन्यास “नयाँ लुगा” को बिहीबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा गरिएको कार्यक्रममा प्रियासनको १३ औँ कृति सार्वजनिक गरिएको हो ।
नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका प्रियासनको यस वर्ष यो तेस्रो उपन्यास प्रकाशन हो । प्रियासनका यस अगाडि कार्तिकमा कालो मन र अषाढमा कडी उपन्यास सार्वजनकि भएको छ ।
परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एव परिषदकै सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपालकै दोस्रो धेरै उपन्यासकारका रूपमा पहिचान बनाएका प्रियासनको कृतिको विमोचनसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा घोराही बनाऔं अभियानको तर्फबाट सामुदायिक विद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उत्तीर्ण हुँदै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही–१० का रोशनी घर्ती मगर र राजपुर निवासी बबई गाउपालिकाको सरस्वती आधारभूत विद्यालय जलजलामा २० वर्षको उमेरमा प्रधानाध्यापक बन्नुभएका रक्षा कुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाव दिनुभयो । उहाले पाठकको रोजाइमा पर्न सक्ने पुस्तक ल्यानुपर्ने बताउनु भयो । सो अवसरमा बोल्ने वक्ताहरूले प्रियासनलगायतका उपन्यासकारहूका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए । वक्ताहरुले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाब दिँदै खदिलो, वजिलो विषयवस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए । सो अवसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकका बारेमा लेखक सविन प्रियासनले प्रकाश पार्नुभएको थियो भने विशिस्ट अतिथि पद्म प्रसाद शर्मा, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष डा.सुदीप गौतम लगायतकाले शुभकामना मन्तव्यराख्नुभएको थियो । परिषद्का सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्