दाङमा ट्रक र माेटरसाइकल एकापसमा ठाेक्किदा एकजनाकाे मृत्यु , एकजना घाइते – Kanika Khabar
Sunday, January 18Nepali News Portal

दाङमा ट्रक र माेटरसाइकल एकापसमा ठाेक्किदा एकजनाकाे मृत्यु , एकजना घाइते

    मा प्रकाशित

दाङ । दाङमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मोटरसाइकलमा पछाड सवार सल्यान कालिमाटी गाउँपालिका– ३ का अन्दाजी २३ वर्षका भिषन पुनमगरको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पुनमगरको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा हिजो राति साढे ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिए ।

मोटरसाइकल चालक बबई गाउँपालिका–३ का अन्दाजी २९ वर्षका गणेश वली घाइते भएको प्रहरी निरिक्षक खत्रीले बताए । वलीको बायाँ खुट्टा फ्याक्चर, बायाँ हातमा चोट लागेको छ । प्रहरीका अनुसार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात नेपालगंज रेफर गरी हाल भारतको लखनउ स्थित आशिर्बाद सिटि हस्पिटलमा उपचार भइरहेको छ । उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा.७ प.५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको ना.६ ख.२६३५ नम्बरको ट्रक हिजो शनिबार साँझ करिब ८ बजेतिर दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्