समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको आशंकामा प्यूठानका दुई वडा पूर्ण बन्द – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको आशंकामा प्यूठानका दुई वडा पूर्ण बन्द

    मा प्रकाशित

कनिका खवर
साउन २२, प्यूठान
समुदायस्तरमै कोरोनाको सङ्क्रमण फैलिएको आशंकामा प्यूठानका दुई वटा वडालाई पूर्ण रुपमा बन्द गरिएको छ । प्यूठान नगरपालिकाको वडा नम्बर ७ र ८ लाई पूण बन्द गरिएको हो । जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा हिजो गरिएको कोरोना परीक्षणको क्रममा ५ जना मध्ये प्यूठान नगरपालिका ७ का २२ वर्षका एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । कोरोना सङ्क्रमणलाई थप समुदायमा फैलिन नदिन प्यूठानको प्रमुख व्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना, धाइरे लगायतका क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको छ । नगर स्तरीय बैठकको निर्णय अनुसार आजदेखि २५ गतेसम्मका लागि वडाहरु बन्द गरिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । उहाँले अत्यावश्यक काम बाहेक यातायात, पसल, उद्योग लगायतका सबै सेवा तथा क्षेत्र पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए । सङ्क्रमित महिला होटल व्यवसायी भएकोले उनको सम्र्पकमा आएका छिमेकी तथा अन्य परिवारका सदस्यको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । सङ्क्रमितलाई महिलालाई नगरपालिकाको आइसोलेशनमा राखिएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ । हालसम्म नगरपालिकामा मात्रै ९४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ भने जिल्ला भरि ३ सय ४२ जना सङ्क्रमित रहेका छन् । ३ सय ३४ जना सङ्क्रमण पश्चात उपचार गराएर स्वस्थ भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्