गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्दार – Kanika Khabar
Sunday, July 19Nepali News Portal

गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्दार

    मा प्रकाशित

कनिका खवर
साउन २२, सिन्धुपाल्चोक
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर ६ थाङ्पाल धाप लेखर्कबाट एक जना गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ । बिहान ८ बजे स्वास्थ्य चौकीमा भर्ना गरिएको ३४ वर्षका गर्भवती महिला पासाङ लामाको सुत्केरी गराउन समस्या भएपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा उद्दार गरी काठमाडौंं पठाइएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताए । बच्चाको टाउको ठुलो रहेको र मुटुको धड्कन् सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्