चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध – Kanika Khabar
Friday, March 29Nepali News Portal

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध

    मा प्रकाशित

कनिका खबर
साउन २३, काठमाडौं
नाबेले कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध गरेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । सरकारले जात्रा तथा धार्मिक सभासमारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्नुपर्ने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । सरकारी, सामुदायिक तथा निजी कार्यालयहरूमा बैठक नगर्न मन्त्रालयले अपिल गरेको छ । बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल अर्थात् भिडियोको माध्यमबाट गर्न सरकारले आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्