राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति छनौट भएको घोषणा आज हुँदै – Kanika Khabar
Friday, February 14Nepali News Portal

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति छनौट भएको घोषणा आज हुँदै

    मा प्रकाशित

कनिका खबर
साउन २३, काठमाडौं
तोकिएको समयमा निवर्तमान सभापतिले मात्र सभापतिका लागि उम्मेदवारी दिएपछि राष्ट्रिय सभाका चार विषयगत समितिमा पूरानै नेतृत्व दोहरिने भएको छ राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङको मात्र उम्मेदवारी परेको छ । एउटा समितिमा एक जनाको मात्रै उम्मेदवारी परेका कारण चारै जना सभापति निर्विरोध चयन भइसकेका छन् । नेतृत्वले दोस्रो कार्यकालका लागि निरन्तरता पाएको औपचारिक घोषणा गर्न आज चारवटै समितिका बैठक छुट्टाछुट्टै बस्न लागेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमालाले सीआइएनसँग बताउनुभयो । हिजो विहान ११ बजेदेखि चार बजेसम्म उम्मेदवारीका लागि समय तोकिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्