मेलम्ची शिखरपुरका १५ घर जोखिममा – Kanika Khabar
Thursday, March 20Nepali News Portal

मेलम्ची शिखरपुरका १५ घर जोखिममा

    मा प्रकाशित

कनिका खबर
साउन २३, सिन्धुपाल्चोक
अबिरल बर्षाले मेलम्ची नगरपालिका १० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालसहित १५ परिवार अविरल बर्षाका कारण उच्च जोखिममा परेका हुन् । अन्त जान नसक्दा जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले बताउनुभयो । उहाँले बस्ती नै उच्च जोखिममा परेपनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । यता, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पाल जस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्