कालिकोटका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग – Kanika Khabar
Sunday, July 19Nepali News Portal

कालिकोटका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

    मा प्रकाशित

कनिका खबर
साउन २३, कालिकोट
अबिरल बर्षासँगै आएको पहिरोका कारण प्रभावित भएका कालिकोटका नागरिकलाई कर्णाली प्रदेश सरकारले खाद्यान्न वितरण गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितीमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकाका पहिरो प्रभावितलाई दाल र चामल लगायतका खाद्यान्न वितरण भएको हो । सान्नी त्रिवेणी गाउँपालिकामा २५ क्वीन्टल, नरहरीनाथ गाउँपालिकामा ५० क्वीन्टल, रास्कोट नगरपालिकामा एकसय क्वीन्टल, खाँडाचक्र नगरपालिकामा २५ क्वीन्टल चामल वितरण गरिएको हो । यसका साथै प्रभावितलाई त्रिपाल र खानेपानी शुद्धिकरणका सामाग्री समेत वितरण गरिने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनुभयो । पहिरोका कारण कालिकोटमा १८ जनाको मृत्यु भएको थियो भने ७ जना अझै बेपत्ता रहेका छन् । कर्णाली प्रदेश सरकारले बाढी पहिरोका क्रममा मृत्यु भएका परिवारलाई २ लाख र संघीय सरकारले २ लाख राहात दिने र घर भत्किएकाहरूको लागि घर निर्माण गर्न १ लाख सहयोग गर्ने घोषणा गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार कालिकोटमा बाढी पहिरोले जिल्लाभर झन्डै १५ करोड रुपैयाँको क्षति भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्