विश्वकपका उपविजेता नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई काठमाडौँ महानगरबाट नगदसहित सम्मान – Kanika Khabar
Friday, January 23Nepali News Portal

विश्वकपका उपविजेता नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई काठमाडौँ महानगरबाट नगदसहित सम्मान

    मा प्रकाशित

काठमाडौँ । फस्ट विमेन्स टीट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले आज नगदसहित सम्मान गरेको छ ।

क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले आयोजना गरेको वर्ल्डकपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिएको थियो । वर्ल्डकप गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मान गरेका हुन् । खेलाडीहरुले जनही १ लाख रुपियाँ र व्यवस्थापकले जनही ५० हजार रुपियाँ प्राप्त गर्ने गरी प्रमुख शाहले, नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपियाँ प्रदान गरेका थिए  ।

उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुन रहेका छन् । टोलीमा सुस्मा तामाङ्, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल छन् ।

खेलका प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के. सी. र टोली नेता पवन घिमिरे रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्