माेडालिटी बदलेर लकडाउनकाे समय थपिने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

माेडालिटी बदलेर लकडाउनकाे समय थपिने

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २१, काठमाडौं ।

सकारले पछिल्लो पटक थपेकाे लकडाउनकाे समयपश्चात माेडालिटी बदलेर लकडाउन बढाउनेकाे समय भएकाे छ । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको अवधि अहिलेका लागि २५ वैशाखमा सकिँदै छ । योसँगै त्यसपछि नेपालमा लकडाउन कुन अवस्थाको हुने भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा यसबारे शुक्रबार चर्चा पनि भयो । बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले २५ वैशाखदेखि लकडाउन खुकुलो बनाउने तयारी गरेको बताए । तर, अबको लकडाउनको मोडालिटी के हुनेछ ? यसबारे अहिलेसम्म कोरोनाभाइरस रोकथामका लागि बनेको उच्चस्तरीय समन्वय समितिमा चाहिँ छलफल भएको छैन । स्वास्थ्यमन्त्री ढकालले चाहिँ अब एम्बुलेन्सहरुलाई कसरी एकीकृत गरेर सेवा दिने भन्नेबारे गृहकार्य भएको बताए । उनले बैठकमा भने, ‘लकडाउनका कारण घरमा बिरामी भएका दीर्घरोगीहरुलाई अस्पतालको सेवाबाट वन्चित नहोस् भन्नका लागि एम्बुलेन्ससम्बन्धी व्यवस्थामा के गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’ उनले कृषि, उद्योगधन्दा तथा अरु विभिन्न महत्वपूर्ण कामहरुको विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने सरकारले विचार गरिरहेको बैठकमा बताएका छन् । यसको अर्थ हो, २५ वैशाखपछि पनि सरकारले केही समयका लागि लकडाउन लम्ब्याउने छ । तर, सरकारले योबीचमा लकडाउनको मोडालिटीमा भने केही परिवर्तन ल्याउने तयारी गरेको छ । नेपालमा ११ चैतबाट लकडाउन सुरु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्