पाकिस्तानमा पीटीएम नेता वजीरको गोली हानी हत्या – Kanika Khabar
Friday, April 19Nepali News Portal

पाकिस्तानमा पीटीएम नेता वजीरको गोली हानी हत्या

    मा प्रकाशित

एजेन्सी,

बैशाख २१ ।

पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आफ्नै घरनजिकै गाउँमा रहेका समय शुक्रबार राति एक समूहले वजीरमाथि गोली हानेपछि घाइते अवस्थामा तत्काल उनलाई अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा शनिबार स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए । खैबर पख्तूनख्वा प्रान्तको वजिनामा बस्दै आएका उनलाई घरको नजिकै अज्ञात व्यक्तिहरूले गोली हानी घाइते पारेका पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । डनका अनुसार गोली लागेपछि लगत्तै वजीरलाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि उनलाई इस्लामाबादस्थित अस्पतालमा सारिएको थियो ।

वजीरका काका, मुहम्मद अली वजीरले परिवारका तर्फबाट शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले भनेको छ, ‘वजीरलाई रातिको समयमा गोली हानिएको छ । उहाँको शरीरमा तीनवटा गोली लागेको छ ।’

प्रहरीले वाना पुलिस स्टेशनमा वजीरमाथिको आक्रमण सम्बन्धमा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ । २०१७ मा वानाको नजिक लडाकूहरूसँगको झडपमा वजीरको परिवारका सात सदस्य मारिएका थिए ।

यसैबीच, एम्नेस्टी इन्टरनेसनलले शनिबार आरिफ वजीरमाथिको हमलाको प्रभावकारी छानबिन गर्दै संदिग्ध अपराधीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । पीटीएम पाकिस्तानमा अधिकारका लागि संगठित तथा वकालत गर्दै आएको आन्दोलन हो । आन्दोलनले आदिवासी क्षेत्रमा राज्य नीतिहरूको आलोचना गर्दै आएको छ । यसले विवादास्पद हत्या र बलपूर्वक बेपत्ता पार्ने सवालमा पनि सरकारको बिरूद्ध आवाजलाई वुलन्द उठाउँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्