जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

    मा प्रकाशित

ज्ञानेन्द्र निरौला
साउन २३, झापा ।
झापामा आज बिहान जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं. ५ को टुक्रे नयाँबस्तीका ५८ बर्षिय रोहित रेग्मीको हात्तीको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान ४ बजे २० मिनेटको समयमा जंगलबाट आएका दुई वटा हात्तीले घर भत्काए पछि ज्यान बचाउन भाग्ने क्रममा घरबाट करीब २० मिटर पर रेग्मीलाई हात्तीले आक्रमण गरि मारेको प्रारभ्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घट्ना लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले घट्ना स्थल पुगी आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्