दाङ । शुभकामना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे १९ ओैँ साधारणसभा सम्पन्न भएकाे छ । आज शनिबार संस्थाकाे १९ ओैँ साधारणसभा सम्पन्न भएकाे हाे ।
संस्थाका अध्यक्ष आदिम केसीकाे अध्यक्षता तथा जिल्ला सहकारी वचत संघ दाङका अध्यक्ष बिमल अधिकारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा उत्कृष्ट वचतकर्ता गणेश घर्ती, उत्कृष्ट ऋण काराेबारमा गणेश कुमार केसी र ज्येष्ठ नागरिकमा लक्ष्मी खड्कालाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा सचिव जिवा भुषालले साङ्गठनिक प्रतिवेदन र काेषाध्यक्ष भरत केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लेखा सुपरिवेक्षण समित गठन
१९ ओैँ साधारणसभामा संस्थाकाे लेखा सुपरिवेक्षण समिति गठन गरिएकाे छ । शंकरप्रसाद नेपाल संयाेजक, याेगेन्द्र खड्का र बिन्दु गिरी सदस्य रहेकाे तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ ।
संस्थाकाे उपाध्यक्ष विष्णु थापाकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव जीवा भुषालले गरेकी थिइन् ।


