भारतमा विमान दुर्घटना, ११ जनाको मृत्यु – Kanika Khabar
Thursday, June 19Nepali News Portal

भारतमा विमान दुर्घटना, ११ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।
भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

एयर इन्डिया एक्सप्रेसको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । विमानमा १९१ यात्रु सवार रहेका थिए

घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।

भारतीय गृहमन्त्री अमित शाह, केरलका मुख्यमन्त्री पिनारई विजयन र कांग्रेस नेता राहुल गांधी घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्