भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक काम मात्र – Kanika Khabar
Friday, April 19Nepali News Portal

भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक काम मात्र

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
पछिल्लो चरणममा बढ्दै गएको कोरोना सङ्क्रमणले काठमाडौँलाई हव बनाउन थालेको छ । दैनिक रुपमा उपत्यकामा सङ्क्रमितहरुको सँख्या बढ्दै जाँदा सतर्कता अपनाउन थालिएको छ । उच्च सतर्कताका लागि हिजो शुक्रबार उपत्यकाका तिनै सिडिओको बैठक बसेको थियो ।
बैठकपश्चात उपत्यकाका तीनै जिल्लामा भोलिदेखि अत्यावश्यक बाहेकका काममा नियन्त्रण गरिने निर्णय भएको छ । हिजो बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा भोलिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको हो ।
सपिङ मल, व्यापारिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ । जिल्ला स्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरू बीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले सरकारी तथा निजी कार्यालयका काम नियन्त्रित गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिने छ । तत्काल लकडाउन अर्थात् बन्दाबन्दी नगरिए पनि उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ भने गरिने प्रशासनले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्