झापाको मेचीनगरका सबै उद्योग पसल अनिश्चितकालका लागि बन्द – Kanika Khabar
Friday, April 26Nepali News Portal

झापाको मेचीनगरका सबै उद्योग पसल अनिश्चितकालका लागि बन्द

    मा प्रकाशित

ज्ञानेन्द्र निरौला
साउन २४, झापा ।
समुदायमा कोरोना संक्रमण फैलिएपछि मेचीनगर नगरपालिकाका दुई वटा वडाका सबै उद्योग तथा पसलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । मेचीनगर ९ र १० का सबै क्षेत्रमा हिजोदेखि हिँडडुलमा समेत कडाई गरिएको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले जानकारी दिए । नगरस्तरीय कोरोना नियन्त्रण तथा रोकथाम कार्यदलले संक्रमण फैलिन नदिन मेचीनगर ९ र १० नम्बर वडाका सार्वजनिक गतिविधिहरू बन्द गर्ने निर्णय गरेको नगरप्रमुख आचार्यले बताए ।

खाद्यान्न र तरकारी पसलहरू अर्को सूचना नआएसम्मका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइनेछ । त्यसैगरी बैंक तथा बित्तिय संस्था र औषधी पसल तथा अस्पतालहरू स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरि नियमित सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्