मा प्रकाशित
कनिका खबर
साउन २४, नुवाकोट ।
नुवाकोटको विदुरबाट प्रकाशन भइरहेको सुन्दरादेवी सन्देश साप्ताहिकले यस वर्षदेखि क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरेको छ । नुवाकोटबाट प्रकाशन हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिकको बार्षिकोत्सबको अवसरमा स्व.योगमाया टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने सो साप्ताहिकले जनाएको छ । नुवाकोटका क्रियाशील पत्रकारमध्ये छनौट गरि एक जनालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।