अपडेट : भारतमा भएको विमान दुर्घटनामा मृत्यु हुनेका संख्या १७ पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

अपडेट : भारतमा भएको विमान दुर्घटनामा मृत्यु हुनेका संख्या १७ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
हिजो शुक्रबार भारतको केरलामा भएको एयर इण्डियाको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । चालक दलका ६ सदस्यसहित दुवईबाट १८४ यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको ब्ह्द्य १३४४, बोइंग विमानमा १० बालबालिकासमेत रहेका थिए ।

दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २० देखि २५ यात्रुको अवस्था चिन्ताजनक रहेको बीबीसी हिन्दीले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। विमान दुई टुक्रा भएपनि आगलागी भने भएको थिएन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्