सङ्गठन सुदृढ बनाउनका लागि सहकार्य आवश्यक : अध्यक्ष अधिकारी – Kanika Khabar
Monday, January 19Nepali News Portal

सङ्गठन सुदृढ बनाउनका लागि सहकार्य आवश्यक : अध्यक्ष अधिकारी

    मा प्रकाशित

कपिलवस्तु । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) का केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले सङ्गठन सुदृढ बनाउनका लागि सहकार्य आवश्यक रहेकाे बताएका छन् । आज साेमबार कपिलवस्तुमा भएकाे प्याब्सन लुम्बिनी प्रदेशकाे दाेस्राे प्रदेश परिषद् भेलालाई सम्बाेधन गर्दै अध्यक्ष अधिकारीले सङ्गठन सुदृढ बनाउनका लागि सहकार्य आवश्यक रहेकाे बताएका हुन् ।

`प्याब्सन निजी विद्यालयकाे अभिभावक हाे । संस्थागत विद्यालयका हकहितका लागि सदैव तयार रहेकाे छ । संस्थागत विद्यालयलाई कसरी सुदृढ र समृद्ध बनाउने सन्दर्भमा प्याब्सन प्रतिबद्ध छ ।´ अध्यक्ष अधिकारीले थपे, `अबकाे समय भनेकाे सङ्गठनलाई बलियाे बनाउने हाे । सदस्य विद्यालय छाता सङ्गठनका पिलर हुन्, पिलर बलियाे भए घर बलियाे हुने हाे । सदस्य विद्यालयहरूलाई बलियाे बनाउनका लागि प्याब्सन अहाेरात्र लागेकाे छ ।´

कार्यक्रममा केन्द्रीय प्रमुख सल्लाहकार डीके ढुङ्गानाले नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा महासचिव आरबी कटवालले साङ्गठनिक प्रशिक्षण दिएका थिए भने काेषाध्यक्ष गणेशबाबु पाेख्रेलले आर्थिक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार सुमनगाेपाल आचार्य, उपाध्यक्ष किशाेर गाैतम, सन्ताेषमणि न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन दाङ, प्याब्सन रूपन्देहीलाई उत्कृष्ट जिल्लाका रूपमा सम्मान गरिएकाे थियाे ।

प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेकाे अध्यक्षतामा परिषद् भेला सम्पन्न भएकाे थियाे । प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र बिक्रम सिंहकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण प्याब्सन लुम्बिनी प्रदेशका सचिव कृष्ण शर्माले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्