बढदो कोरोना संक्रमण, आज उपत्यकाका ६२ सहित देशभर ३७८ कोरोना संक्रमित थपिय – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बढदो कोरोना संक्रमण, आज उपत्यकाका ६२ सहित देशभर ३७८ कोरोना संक्रमित थपिय

    मा प्रकाशित

कनिका खबर
साउन २४, काठमाडौं

बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोना संक्रमित थपिएका छन । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल निको हुने संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ४ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ९ सय २९, बागमती प्रदेशमा १ हजार २९ र गण्डकी प्रदेशमा २ सय ४२ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै संक्रमण निको भएर प्रदेशगतरुपमा प्रदेश नम्बर १ बाट ९ सय ४२, प्रदेश नम्बर २ बाट ३ हजार ३ सय २६, बागमती प्रदेशबाट ६ सय र गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७९, कर्णाली प्रदेशमा १ हजार ८ सय ८७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ३८ गरी आजसम्म १६ हजार ३ सय १३ जना डिस्चार्ज भएका छन् ।

देशभरीका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार २ सय ४९, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३, बागमती प्रदेशमा ९ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ८ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४, कर्णाली प्रदेशमा ४ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय २७ जना क्वरेन्टिनमा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्