राप्रपाबाट रुपन्देही–२ मा उम्मेदवार बनेकी थापाको उम्मेदवारी फिर्ता – Kanika Khabar
Thursday, June 11Nepali News Portal

राप्रपाबाट रुपन्देही–२ मा उम्मेदवार बनेकी थापाको उम्मेदवारी फिर्ता

    मा प्रकाशित

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) बाट रुपन्देही-२ मा उम्मेदवारी मनोनयन दर्ता गराएकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

थापाले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी छन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएकोले उनले आफूविरुद्ध उजुरी नपरेपनि पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।

थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट परेकी छन् ।

उनले भनेकी छन्- ‘कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु । त्यसैले संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु । यसले मेरो सेवा भाव अन्त्य गर्दैन । म राजनीति भित्र वा बाहिर रहेर पनि, प्रविधि, उद्यमशीलता, युवा र महिलाको सशक्तिकरण तथा सुशासनका लागि निरन्तर काम गरिरहनेछु । सही समय र स्पष्ट कानुनी आधारका साथ म फेरि तपाईंहरूसामु उभिनेछु । ‘

उम्मेदवार थापाको उम्मेदवारी फिर्ताको निवेदन आएको र आवश्यक अध्ययन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुपन्देहीमा काँग्रेसबाट चुन्नप्रसाद पौडेल, एमालेबाट विष्णु पौडेल र रास्वपाबाट सुलभ खरेल र नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्