पोखरामा कोरोनाका कारण एकजनाको मृत्यु – Kanika Khabar
Sunday, April 19Nepali News Portal

पोखरामा कोरोनाका कारण एकजनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २५, पोखरा
पोखरामा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले दिएको जानकारीअनुसार ती सङक्रमित पुरुषलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको निर्देशक आचार्यले बताउनुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको यो तेस्रो घटना हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्